Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन सेवाले लगानीकर्ताको विश्वास जित्दै

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १७ : २३ मा प्रकाशित

सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन सेवाले लगानीकर्ताको विश्वास जित्दै

नेपाल धितोपत्र बोर्डबाट स्वीकृित लिई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गत Assets Under Management (AUM) १ अर्ब नाघेको छ । यस उपलब्धिले संस्थाप्रति लगानीकर्ताहरूकोे विश्वास तथा सुदृढ व्यवस्थापन क्षमतालाई प्रतिबिम्बित गर्दछ ।

सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण गा्रहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको विश्वास र साथको परिणाम हो । सिद्धार्थ क्यापिटल दीर्घकालीन तथा सुरक्षित लगानी मार्फत दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी व्यक्त गरे ।

संस्थाले व्यक्तिगत तथा संस्थागत गा्रहकरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन, सामुहिक लगानी कोष, निक्षेप सदस्य, धितोपत्र प्रत्याभुति तथा संस्थागत परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । पारदर्शिता, जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना सिद्धार्थ क्यापिटल लिमिटेडको मुख्य प्राथमिकता रहँदै आएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले आगामी दिनहरूमा नवीन लगानीका उपकरणहरू विस्तार गर्दै, प्रविधिमा आधारित सेवा सुदृढीकरण र लगानीकर्ताको अनुभव अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ । यस ऐतिहासिक उपलब्धिमा सिद्धार्थ क्यापिटल लिमिटेड आफ्ना सम्पूर्ण गा्रहकवर्ग, नियामक निकाय तथा सरोकारवालाहरुप्रति आभार व्यक्त गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको