नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलाका ७ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलको २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस