Like us!
Follow us!
Connect us!
Watch us!

अनधिकृत कारोबारबारे तत्काल खबर गरौँ - राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १५ पुस २०८२, १० : ४८ मा प्रकाशित

अनधिकृत कारोबारबारे तत्काल खबर गरौँ - राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। 

तपाइँको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ?’, सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या समाधान सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगका लागि कर्मचारी (कस्टमर सपोर्ट टिम)को व्यवस्था गरेका हुन्छन्।’

कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र कस्टम सपोर्ट टिमलाई खबर गर्न केन्द्रीय बैंकले सुझाव दिएको छ। आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगका लागि सम्पर्क नम्बरहरु थाहा पाउन पनि सूचनामा आग्रह गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको