Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य १४ सयले घट्यो, तोलाको कति ?

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १० : ४८ मा प्रकाशित

सुनको मूल्य १४ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सुनचाँदीको मूल्य आज पनि घटेको हो । 

आज सुन तोलाका १ हजार ४०० रुपैयाँ र चाँदी ५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६१ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको