Like us!
Follow us!
Connect us!
Watch us!

हुलास खाद्य उद्योग - एक वर्षमा सवा ४६ करोडको व्यापार, नाफा कति ?

अर्थ संसार

विहीबार, १७ पुस २०८२, ११ : ३३ मा प्रकाशित

हुलास खाद्य उद्योग - एक वर्षमा सवा ४६ करोडको व्यापार, नाफा कति ?

हुलास खाद्य उद्योगले गत आर्थिक वर्षमा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। यस कम्पनीको व्यापार इतिहास हेर्दा सन् २०२४ मा १५ करोड १० लाख, सन् २०२३ मा १३ करोड ७० लाख र सन् २०२२ मा ३८ करोड रुपैयाँ व्यापार भएको थियो। कम्पनीका अनुसार सन् २०२३ र २०२४ मा व्यापार घटेको थियो ।

सन् १९९१ मा हिमांशु खाद्य उद्योग प्रालिको रूपमा दर्ता भएको हुलास खाद्य उद्योग सन् २०२५ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले धान र गहुँ प्रशोधन गरेर चिउरा, आँटा, ब्रोकन राइस, सुजी, राइस ब्रान तथा अन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ।

कम्पनीले अग्रिम चक्की आँटा, अग्रिम चिउरा, अग्रिम मैदा, अग्रिम मिल आँटा र अग्रिम सुजी ब्रान्डमा उत्पादित वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा १४ जनाको स्वामित्व छ । जसमा चन्द्रकुमार गोल्छाको ६३ प्रतिशत र शरद गोल्छाको १० प्रतिशत स्वामित्व छ । हुलास ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ कारोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४२ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको