रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ देखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले न्यूनतम ५० कित्ता (४१ हजार ४० रुपैयाँ) पर्ने गरी कुल ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ निष्कासन गरेको थियो।
बिक्री अवधिभर कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएका थिए । तीमध्ये १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्र स्वीकृत भएको छ। स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५०/५० कित्ताका दरले र सोहीमध्येका १८ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।
यसरी हेर्नुहोस् आईपीओकाे नतिजा
- https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check,
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस