साताको कारोबार हुने अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्ला दिनहरुमा घटेको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५९ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस