Like us!
Follow us!
Connect us!
Watch us!

कुचोसंघको दोस्रो अधिवेशन सम्पन्न, राजकुमार कार्की सर्वसम्मत अध्यक्षमा चयन

अर्थ संसार

शनिबार, १९ पुस २०८२, २० : २० मा प्रकाशित

कुचोसंघको दोस्रो अधिवेशन सम्पन्न, राजकुमार कार्की सर्वसम्मत अध्यक्षमा चयन

नेपाल कुचो संघको दोस्रो अधिवेश सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशन शनिबार चाबहिलको घाल्छा रेस्टुरेन्टमा सम्पन्न भएको हो । 

नेपालको कृषि उत्पादनको निर्यातमा उच्च सम्भावना बोकेको कुचो ब्यबसायीहरुको छाता संस्थाका रुपमा रहेको नेपाल कुचो संघको दोश्रो अधिवेशनबाट राजकुमार कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । यस अघिको कार्यकालमा पनि संघको अध्यक्ष रहेको कार्की सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । 

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा  संजिब शाह, उपाध्यक्षहरु रबिन्द्र खड्का, सुबास बोलखे चयन भएका छन् । त्यस्तै महासचिब शुरेश चौधरी चयना भएका छन् ।  सचिबहरु शुशिल गौतम र राजिब रौनियार तथा कोषाध्यक्ष  रुष्मा खतिवडा र सहकोषाध्यक्ष प्रदिप वाईबा चयन भएका छन । त्यस्तै सदस्यहरुमा राकेश शाह ,राजु शाह, बम बहादुर रुम्बा, मनोज शाह, लक्ष्मण शाह, तिर्थमान वाईबा, देबनाथ चौधरी, केशब खेतान, गिता भट्टराई, बिजय खरेल, तारा भुर्तेल र शुरेस भुलान रहेका छन ।

युवराज सुबेदी प्रमुख निर्बाचन अधिकृत र राजेन्द्र दाहल निर्बाचन अधिकृत  रहेको निर्बाचन समितिले आज निर्बाचन सम्पन्न गरेको छ । कार्की को अघिल्लो कार्यकालमा संघको गतिबिधिहरु प्रभाबकारी रहेको थियो । राजकुमार कार्की नेपाल उद्याग वाणिज्य  महासंघ का केन्द्रिय सदस्य साथै कृषि उधम केन्द्रका सहसभापति समेत हुन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको