Like us!
Follow us!
Connect us!
Watch us!

२५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

अर्थ संसार

आइतबार, २० पुस २०८२, ११ : १९ मा प्रकाशित

२५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले आज फेरि एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ । 

जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोही आधारमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।


 

6959fc5e71f85.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको