काठमाडौंको थापाथलीस्थथत द ब्रिब्रिश कलेजमा २ जना ब्रिद्याथीले आन्दोलनको नाममा आफ्नै कलेजसौँग दुई करोड रुपैयाँ दिनु पर्ने माग राखी बागेब्रनङ गरेको तथ्य सार्वजनिक भएको छ । अध्ययनकै क्रममा इनटनसिपका लागि दुवैइ गएका केही विद्यार्थीलाई समेत नेपाल फर्कन बाध्य पारेर कलेज विरुद्ध बोल्न लगाई रकम असुल्ने प्रयास गररएको खुलासा भएको हो ।
पब्रहलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नोपालको अगुवाइमा दुबई पुगेका अन्य विद्यार्थीहरुलाई विभिन्न प्रलोभन तथा चेतावनी दिदै नेपाल फर्काएर कलेज विरुद्ध अभिव्यत्तिः दिन लगाइएको छ । दुबईमा रहेका विद्यार्थीलाई कलेजले इन्टर्नशिपका अबसर उपलब्ध गराएको भए पनि उनीहरु यन्टर्नशिप नगरी नेपाल फर्किएका हुन् । दुबईमा विद्यार्थीलाई सानो काम लगाएको र श्रम शाेषण गरिएको जस्ता आरोप लगाउँदै आएकी प्रियंका नेपाल हाल सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्य सहित सक्रिय रहेको आरोप लागिरहेको छ ।
दुबईनै नपुगेकी प्रियंका नेपालले कलेजविरुद्ध आधारहीन टिप्पणी गर्दै दुबईमा इनटर्नशिपमा रहेका विद्याथीलाई समेत कलेजबारे नकारात्मक धारणा सार्वजनिक गर्न दबाब दिएको, नेपाल फर्किएपछि आफूले तिरको शुल्क मात्रै नभइ थप ठूलो रकम समेत माग गर्दै कलेजसँग बार्गेनिङ गरिएको, साथै कलेजबाट तटस्थ धारणा राख्ने विदार्थीलाई सामाजिक सञ्जालमार्फत नकारात्मक रुपमा एक्सपोज गरिएको बताइएको छ ।
यसका कारण कलेजमा अध्ययनरत धेरै विदार्थी स्वयं प्रियंका नेपालबाट हैरानी खेब्रपरहेको बताउँछन् । त्यस्तै, उक्त समूहले कलेजले लिँदै नलिएको शुल्कबारे पनि भ्रम फैलाएको पाइएको छ । कलेजको शुल्क ६० लाख रुपैयाँ रहेको भनी प्रचार गरएिको भए पनि वास्तविकतामा ती विद्याथीहरूको शुल्क पहिलो वर्ष जम्मा २ लाख रुपैयाँ तथा दोस्रो वर्ष दुबईको कलेजमा पढ्न साढे सात–साढे सात लाख रुपैयाँ मात्र रहेको छ । जुन कलेजबाट स्पष्ट रूपमा पुष्टि गर्न सकिएने बताइएको छ ।
दुबईबाट फर्किएका केही विद्यार्थी तथा उनीहरुका अभिभावकसँग कलेज प्रशासनले छलफल गरी समस्या समाधान गरिसकेको जनाइएको छ । तर, दुबई नै नगएकी प्रियंका नेपालले भने भद्दा माग राख्दै कलेजसँग निरन्तर मोलमोलाई गरिरहेको देखिएको छ । उनी हरेक वार्तामा उत्तेजित रुपमा प्रस्तुत हुने, शिक्ष्क तथा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने दृश्यहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनको उत्तेजित व्यवहारका कारण उनलाई साथ दिएका धेरै साथीले समेत साथ छोडिसकेको बताइएको छ । कतिपय विद्यार्थीले उनीलाई व्यक्तिगत स्वार्थका लागि कलेजको बदनाम गराउँदै सामाजिक सञ्जालमा भाइरल हुने अतिरञ्जित गतिविधि गरिएको आरोप लगाएका छन् ।
कलेजका कर्मचारी मात्र नभई निदेशकहरूको उपस्थितिमा भएका छलफलमा समेत विद्याथीहरू उत्तेजित पारामा प्रस्तुत हुँदा कर्मचारीहरू त्रसित भएको जनाइएको छ । उनीहरूको समूहले कलेज बाहिरका व्यक्तिलाई ल्याई कलेजमा तोडफोड गर्ने विषयमा ह्वाट्सएप समूहमा छलफल गरेको प्रमाणसमेत सार्वजनिक भएको छ । कानुनी प्रक्रिया अपनाउनु भन्दा कलेजनै तोडफोड गर्नु पर्ने लगायतका विषयमा छलफल भएपछि कलेज परिसरमा अपरिचित व्यक्तिहरु प्रवेश गरी कर्मचारीलाई धम्की दिने तथा एक समूहले कलेज र सवारी साधनमा केही तोडफोड गर्ने घटना भएको बताइएको छ ।
दुबईमा अध्ययनसँगै काम गरिरहेका विद्याथीहरूको भिडियो तथा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिँदा उनीहरुको गोपनीयता उल्लंघन भएको भन्दै कलेजका विद्यार्थीले असुरक्षा महसुर गरेको बताएका छन् । कलेजमाथि प्रश्न उठाउने तर अरूको गोपनीयताप्रति बेवास्ता गर्ने व्यवहारप्रति चर्को आलोचना भइरहेको छ । यसैगरी, कलेज छाडिसकेका शिक्षकहरु माथि आरोप लगाउने, उच्च स्वमा बोल्ने, कलेजका सञ्चालकप्रति अभद्र व्यवहार गर्ने जस्ता गतिविधि गरिएको पनि बताइएको छ । उत्तेजित भइ केही ज्यकउष्तबष्तिथ ःबलबनझभलत विद्यार्थीले कलेजका शिक्षकलाई कोठाभित्र थुनेको घटना समेत सार्वजनिक भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस