Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर अनुपातमा मर्ज हुने

अर्थ संसार

सोमबार, २१ पुस २०८२, ११ : १६ मा प्रकाशित

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर अनुपातमा मर्ज हुने

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुने भएका छन्। दुवै कम्पनीबीच मर्जरका लागि गत साउन ४ गते समझदारीपत्रमा हस्ताक्षर भएपछि गठन गरिएको संयुक्त मर्जर समितिले दुई कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्दै १ः१ सेयर अनुपात तय गरेको थियो।

मर्जर समितिले उक्त प्रस्ताव अनुमोदनका लागि सञ्चालक समितिमा पेश गरेपछि समृद्धि फाइनान्सको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को सेयर अनुपातमा मर्जरमा जाने निर्णय स्वीकृत गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको