Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्दै पिस इनर्जी,बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुत्त

अर्थ संसार

सोमबार, २१ पुस २०८२, १६ : ४० मा प्रकाशित

आईपीओ जारी गर्दै पिस इनर्जी,बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुत्त

पिस इनर्जी कम्पनीले आईपीओ निष्काशन गर्नको लागि माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यस समबन्धि सम्झौतामा आज सोमबार हस्ताक्षर भएको हो ।

सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका छन् ।

पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत अर्थात ३२,००,००० कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मे.वा.क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र मिति २०८३ कार्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको