नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनका अनुसार वैदेशिक षड्यन्त्रलाई पूर्ण रूपमा निषेध गर्नका लागि तीन दलबीच सहकार्य अनिवार्य रहेको विचार पार्टीभित्रै रहेको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रूपमा अगाडि बढाइने बताए। उनले भने, ‘आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रूपमा उपयोग गर्छ ।'
उनले प्रतिनिधिसभाको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने अवस्थामा रहेको दावीसमेत गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस