Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले जेनजी आन्दोलनका घटनाको एक-एक हिसाब राखेको छ - महेश बस्नेत

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १२ : ४९ मा प्रकाशित

एमालेले जेनजी आन्दोलनका घटनाको एक-एक हिसाब राखेको छ - महेश बस्नेत

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको विवरण राखिएको दाबी गर्दै आफूहरुलाई पक्राउ गर्न चुनौती दिएका छन्।

भक्तपुरमा एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, 'तिमीहरूको एक–एक हिसाब हुन्छ।' उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमाले कार्यकर्ताहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे ।

उनले एमालेले 'डिजिटल जेनरेशन फोर्स' गठन गरी देशभर उजुरी संकलन गर्ने तयारीमा रहेको जानकारी दिए। उजुरीका आधारमा कारबाही गर्न आग्रह गर्दै उनले भ्रष्टाचार अनुसन्धानको सुरुवात वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट गर्नुपर्ने माग गरे।

बस्नेतले आन्दोलनका क्रममा घर जलेका अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुवासीले जग्गा उपलब्ध गराउने जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको