Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई नख्खु कारागारबाट भगाउनेमाथि छानबिन हुनुपर्छ - महेश बस्नेत

अर्थ संसार

बुधबार, २२ असोज २०८२, १३ : ५७ मा प्रकाशित

रविलाई नख्खु कारागारबाट भगाउनेमाथि छानबिन हुनुपर्छ - महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले जेन जेड आन्दोलनको नाममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।  बुधबार एमाले पार्टी कार्यालयमा युवा संघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेलाई भगाउन संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले भने- ‘२४ गते रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराउन गएका डीपी अर्याल, मनीष झा र ज्वाला संग्रौलाबारे छानबिन होस्, जेलबाट भागेका १४ हजार कैदीबारे छानबिन होस्, भागेका कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा १२ हजार लुटिएका हतियार कहाँ छन् ?’

उनले पार्टीका सदस्यहरूमाथि पनि छानबिन हुनु पर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको