Like us!
Follow us!
Connect us!
Watch us!

बारामा कर्फ्यु आदेश जारी

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १४ : ३८ मा प्रकाशित

बारामा कर्फ्यु आदेश जारी

नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, कर्फ्यू आज मध्यान्ह १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म लागू हुनेछ।

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम जीतपुर सिमरा उपमहानगरपालिकाभित्र चार ‘किल्ला क्षेत्र’ निर्धारण गरी कर्फ्यू लागू गरिएको हो।

कर्फ्यू क्षेत्रमा गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटरसम्म आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्। तर, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको