Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि खुल्यो पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ,क-कसले भर्न पाउने ?

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, ११ : ११ मा प्रकाशित

आजदेखि खुल्यो पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ,क-कसले भर्न पाउने ?

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस ९ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो। आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा पस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। 

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ। यसले पनि समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको