Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १३ : ४२ मा प्रकाशित

एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्‍याएको छ।

बैंकका अनुसार २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन्।

ग्राहकहरूले छुट सुविधाको प्रयोग गर्दै बैंकको लकर सुविधा लिएर आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सकिने बैंकले जनाएको छ। बैंकले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराउँदै आएको बताएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको