मोरोक्को अफ्रिका कप अफ नेसन्सको सेमिफाइनमा प्रवेश गरेको छ । मोरोक्कोले क्यामरुनलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
मोरोक्को सन् २००४ पछि पहिलो पटक सेमिफाइनल पुगेको हो । शुक्रवार भएको खेलमा ब्राहिम डियाज र इस्माइल साइबारीले गोल गरे । खेलको २५ औँ मिनेटमा डियाजल गोल गरे । मोरोक्कोले खेलभरि दबाब बनाइरह्यो भने क्यामरुनले गोलतर्फ एउटा पनि आक्रमण गर्न सकेन । ७४औँ मिनेटमा साइबारीले गोल गर्दै जित पक्का गरे । मोरोक्को अब फाइनल प्रवेशका लागि अल्जेरिया र नाइजेरिया बीचको विजेतासँग खेल्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस