Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलाको २ लाख ७० हजार बढी, चाँदीको मूल्यमा पनि कीर्तिमान

अर्थ संसार

आइतबार, २७ पुस २०८२, १० : ४९ मा प्रकाशित

सुनको मूल्य तोलाको २ लाख ७० हजार बढी, चाँदीको मूल्यमा पनि कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यले आज फेरि कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य २ हजार ८००  रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको