नेपाली बजारमा सुनको मूल्यले आज फेरि कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस