Like us!
Follow us!
Connect us!
Watch us!

एफपीओ निष्कासनको स्वीकृति पर्खिदै २ लघुवित्तकम्पनी

अर्थ संसार

सोमबार, २८ पुस २०८२, ०८ : १७ मा प्रकाशित

एफपीओ निष्कासनको स्वीकृति पर्खिदै २ लघुवित्तकम्पनी

सूचीकृत २ वटा लघुवित्त संस्थाहरुले एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षामा रहेका छन् । बोर्डबाट स्वीकृतिको प्रतिक्षामा रहेका लघुवित्तमा मातृभूमि र नेसनल लघुवित्त वित्तीय संस्था रहेकी छिन् । 

मातृभूमिले १०० रुपैयाँ अंकित दरमा ११ लाख ४९ हजार ९८२ कित्ता र नेसनल लघुवित्तले २७०.४९ रुपैयाँ प्रिमियममा ६ लाख ६९ हजार ९०० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।  मातृभूमिले २०८१ चैत २१ गते र नेसनलले २०८१ भदौ ७ गते अनुमति माग्दै बोर्डमा आवेदन दिएका थिए ।
बोर्डबाट अनुमति प्राप्त भएपछि यी दुवै लघुवित्तले सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्नेछन् । लघुवित्तहरु मर्जरमा गएपछि सार्वजनिक सेयरधनीबीचको सेयर अनुपात असन्तुलित हुने गरेको छ ।

नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थामा न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा हुनुपर्ने प्रावधान छ । मर्जरपछि सार्वजनिक सेयरको अनुपात तोकिएको सीमाभन्दा कम हुन पुगेपछि त्यसलाई मिलाउन एफपीओ जारी गर्ने अभ्यास बढ्दो क्रममा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको