Like us!
Follow us!
Connect us!
Watch us!

हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?

अर्थ संसार

सोमबार, २८ पुस २०८२, ०९ : ०० मा प्रकाशित

हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?

हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९.५६ कित्ता, हरि प्रसाद प्रसाईंको ५ हजार २८८.८९ कित्ता र जयन्तकुमार अग्रवालको १०० कित्ता सेयर बिक्रीमा राखेको हो ।

हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि आवेदन खुला गरिएको छ । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा निवदेन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको