जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले सो अवधिका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ।
उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने संस्थाले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस