Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्दै निगालो होटल, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

मंगलबार, २९ पुस २०८२, १२ : ४१ मा प्रकाशित

आईपीओ जारी गर्दै निगालो होटल, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।  एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको पनि सभागिता रहेको थियो । नगरकोटमा अवस्थित चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ । परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायत सुविधा रहनेछन् ।

करिब १ अर्ब रुपैयाँ लगानी रहने उक्त होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने जानकारी पनि कम्पनीले दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको