Like us!
Follow us!
Connect us!
Watch us!

४७ कम्पनीले १० अर्ब बढीे बोनस दिने, कुनको कति ?

विहीबार, १७ फागुन २०७४, १८ : ४० मा प्रकाशित

४७ कम्पनीले १० अर्ब बढीे बोनस दिने, कुनको कति ?

  • रमेश लम्साल 

अर्थ संसार, काठमाडौँ– विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । 

नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । 

चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार आठ वटा विकास बैंक, पाँच फाइनान्स, नौ माइक्रो फाइनान्स, छ वाणिज्य बैंक, दुई होटल, चार जलविद्युत् कम्पनी र दुई अन्य समूहका उद्योग तथा प्रतिष्ठानले बोनस शेयर उपलब्ध गराउने घोषणा गरेका छन् । 

आव २०७३\७४ मा गरेको नाफाका आधारमा ती संस्थाले शेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियमक निकायलाई जानकारी गराएका हुन् । बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले शेयरधनीलाई ११४ प्रतिशत बोनस दिने घोषणा गरेको छ । 

सांग्रिला विकास बैंकले १६ प्रतिशत, भार्गव विकास बैंकले २०, मिशन डेभलपमेन्ट बैंकले ११, वेस्टर्नले १०, काबेलीले २०, एक्सेलले ३० तथा कालिकाले १० प्रतिशत बोनस बाँड्ने घोषणा गरेका छन् । मेगा बैंकसँग एकीकृत भएको टुरिजम डेभलपमेन्ट बैंकले बोनस घोषणा गरे पनि उपलब्ध गराएन । 

यस्तै, वाणिज्य बैंकहरुमा नबिल बैंकले ३० प्रतिशत तथा लक्ष्मी र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत बोनस दिने घोषणा गरेका छन् । सानिमा बैंकले १६ प्रतिशत, एनआइसी एशियाले २० र लक्ष्मी बैंकले १८ दशमलव २९ प्रतिशत बोनस दिने घोषणा गरेका छन् । लक्ष्मी बैंकले अघिल्लो आवको समेत बोनस उपलब्ध गराउने घोषणा गरेको हो । 

यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले बोनस उपलब्ध गराउने जानकारी गराए पनि कति प्रतिशत बोनस दिने उल्लेख गरेको छैन । आइसिएफसी फाइनान्सले २० प्रतिशत, सेती फाइनान्सले नौ, मल्टीपर्पोज फाइनान्सले अघिल्लो आवको १२ तथा आव २०७३÷७४ को नाफाबाट १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेको छ । 

यसैगरी, स्वरोजगार लघुवित्तीय विकास बैंकले १६ दहमलव ६६ प्रतिशत, लक्ष्मी लघुवित्तले १०, ग्लोबल आइएमई लघुवित्तीय संस्थाले २०, छिमेकी लघुवित्तीय संस्थाले १९ दशमलव ८९, मेरो माइक्रो फाइनान्सले ३०, नवउत्थान सामुदायिक लघुवित्तीय संस्थाको २०, कालिका माइक्रो क्रेडिटको ६५, फस्ट माइक्रोफाइनान्सले १५ तथा मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । 

जलविद्युत्तर्फ ङादी जलविद्युत् कम्पनीले १० प्रतिशत, अरुण भ्याली हाइड्रो पावर कम्पनीले १०, बरुण हाइड्रो पावरले पाँच र चिलिमे जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । 

होटलतर्फ ओरियन्टल होटलले १८ प्रतिशत र सोल्टीले १५ प्रतिशत बोनस आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । अन्य समूहमा रहेका नागरिक लगानी कोषले २१ प्रतिशत र साल्ट टे«डिङ कर्पोरेशनले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । 

बीमा समूहमा भने लाइफ इन्स्योरेन्स कम्पनीले २४ प्रतिशत, गुराँस लाइफले आठ, नेशनल लाइफ इन्स्योरेन्सले पाँच, राष्ट्रिय बीमा संस्थानले ११४, नेपाल इन्स्योरेन्स कम्पनीले पाँच, प्राइम लाइफले २५, नेको इन्स्योरेन्सले १०, प्रभु इन्स्योरेन्सले १९, सूर्य लाइफले १०, सिद्धार्थ इन्स्योरेन्सले २० तथा फ्रडेन्टियल इन्स्योरेन्सले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको