Like us!
Follow us!
Connect us!
Watch us!

वृद्धभत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्समा गरिएको निर्णय पुनर्विचार गरियोस् - हर्क साम्पाङ

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १६ : १५ मा प्रकाशित

वृद्धभत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्समा गरिएको निर्णय पुनर्विचार गरियोस्  - हर्क साम्पाङ

श्रमसंस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले वृद्धभत्ता, विद्यार्थी संगठन र ब्रिज कोर्ससम्बन्धी सरकारी निर्णयहरू पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै उनले पर्याप्त अध्ययन र तयारी बिना हतारमा ल्याइएका कार्यक्रमहरू कार्यान्वयन गर्नु उपयुक्त नहुने बताए।

उनले कुनै पनि निर्णय अघि बढाउँदा प्रतिपक्षसहित सबै सरोकारवालासँग समुचित छलफल र सल्लाह लिनुपर्ने उल्लेख गर्दै त्यसो गरेमा पछि निर्णय फिर्ता लिनुपर्ने अवस्थाबाट सरकार जोगिन सक्ने धारणा व्यक्त गरे।

उनले भने, ‘वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिजकोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गरियोस् । वृद्ध भत्ता समयको मापदण्ड फेरबदल गर्ने कुरा आएको छ । कार्यसूचीमा त्यस्ता कुरामा सरकारले ध्यान दिएर अगाडि बढ्दा राम्रो हुन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको