नेपाल राष्ट्र बैंकले आज बुधबार पुनः २५ अर्बको ऋणपत्र जारी गरेको छ ।
केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि लगातार रुपमा ऋणपत्र जारी गर्दै आएको छ । यसैक्रममा केन्द्रीय बैंकले आजपनि १ वर्ष अवधिको २५ अर्बको राष्ट्र बैंक ऋणपत्र जारी गरेको हो । राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ। उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । यस्तै, यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस ३० गते हुनेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस