Like us!
Follow us!
Connect us!
Watch us!

नियम उल्लंघन गरेको भन्दै दुई फर्मलाई नगद जरिवाना, १२ लाई सुधारात्मक निर्देशन

अर्थ संसार

बुधबार, ३० पुस २०८२, ११ : ५० मा प्रकाशित

नियम उल्लंघन गरेको भन्दै दुई फर्मलाई नगद जरिवाना, १२ लाई सुधारात्मक निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियम उल्लंघन गरेको भन्दै दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। अनुमगनका क्रममा कैफियत फेला परेपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ का विभिन्न दफामा उल्लिखित प्रावधानविपरीत गतिविधि गरेको पाइएपछि ती फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले स्पष्ट पारेको छ। विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेकोमा अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन मात्र दिइएको छ।

पछिल्ला दिनहरूमा विभागले निर्माण सामग्री बिक्री गर्ने फर्महरूलाई लक्षित गर्दै अनुमगन तीव्र बनाएको छ। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायको सहभागितामा नियमित बजार अनुमगन गर्दै आएको र कैफियत भेटिएमा कानुनबमोजिम कारबाही तथा नगद जरिवाना गरिँदै आएको विभागले जनाएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको