Like us!
Follow us!
Connect us!
Watch us!

हर्क साम्पाङले उपमहानगर प्रमुख पद छाडे, श्रम संस्कृति पार्टीबाट सुनसरी–१ मा उम्मेदवारी तयारी

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०८ : ०२ मा प्रकाशित

हर्क साम्पाङले उपमहानगर प्रमुख पद छाडे, श्रम संस्कृति पार्टीबाट सुनसरी–१ मा उम्मेदवारी तयारी

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। आइतबार उनले उपप्रमुख अईन्द्र विक्रम बेघालाई राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय रूपमा सहभागी हुनुपर्ने भएकाले पद छाडेको स्पष्ट उल्लेख गरेका छन्। उनी निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।

साम्पाङले श्रम संस्कृति केन्द्रित नयाँ राजनीतिक दल स्थापना गरिसकेका छन्, जसको अध्यक्षको जिम्मेवारी पनि उनी आफैंले सम्हालिरहेका छन्। सोही दलको तर्फबाट सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी भइरहेको स्रोतले जनाएको छ।

यसैबीच, आइतबार नै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए।

696d94bebf553.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको