श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति तत्काल सच्याउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त अभिव्यक्तिको विरोधमा आफूहरूले सदन अवरोध गरिरहे पनि प्रधानमन्त्रीले अहिलेसम्म कुनै स्पष्टिकरण वा वक्तव्य नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर सदन र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन्।
उनले भने, ‘आज यहाँ उहाँ आउनु पनि भएको छैन, आउने छाँटकाँट पनि छैन। उहाँले सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ, उहाँले पुष्टि गर्दिनुपर्छ। नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ।’
उनले प्रधानमन्त्रीले सट्टा अरूले जवाफ दिएर नहुने अडान सुनाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस