Like us!
Follow us!
Connect us!
Watch us!

'विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोषण र पोशाकमा बजेट छुट्याउनुपर्छ'

अर्थ संसार

सोमबार, ०१ असार २०८३, १५ : ३३ मा प्रकाशित

'विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोषण र पोशाकमा बजेट छुट्याउनुपर्छ'

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालको सीमामा तारजाली लगाउनका लागि १ खर्ब रुपैयाँ बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षा सुदृढ गर्न यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन्।

त्यसैगरी, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेल मैदान विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले अन्य शीर्षकका बजेट कटौती गरेर भए पनि विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजाको रकम दैनिक २० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पुर्‍याउन सरकारलाई आग्रह गरे।

उनले भने, ‘सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको