Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाका तारा जोशी डडेल्धुराका उम्मेदवार, दिए प्रदेश सांसदबाट राजीनामा

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ११ : १८ मा प्रकाशित

रास्वपाका तारा जोशी डडेल्धुराका उम्मेदवार, दिए प्रदेश सांसदबाट राजीनामा

डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा. तारा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए ।

अघिल्लो पटक डडेल्धुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र लडेका सागर ढकालको चर्चा रहेपनि रास्वपाले डा. जोशीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । डा. जोशी कांग्रेस माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई ४ सय २५ मतले पछि पार्दै विजयी भएका थिए ।

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले सांसद पदबाट राजीनामा दिएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको