मंगलबार फेरि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस