Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य १० हजार ४ सयले बढ्यो, तोलाको ३ लाख नजिक

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, ११ : ०२ मा प्रकाशित

सुनको मूल्य १० हजार ४ सयले बढ्यो, तोलाको ३ लाख नजिक

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै आज सुन तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । 

आज एकै दिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको