आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ । आजको खेलमा नेपालले पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस