हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
बुधबार तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको ५ हजार ८७० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ९२० रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस