Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ९ हजार २ सयले बढ्यो, तोलाको ३ लाख माथि

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, १० : ५३ मा प्रकाशित

सुनको मूल्य एकै दिन ९ हजार २ सयले बढ्यो, तोलाको ३ लाख माथि

साताको कारोबार हुने अन्तिम दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज ९ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ९२ हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ८७० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको