Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १० : ४२ मा प्रकाशित

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो शुक्रबार पनि उच्च मूल्यको रेकर्ड बनाएको सुनताँदीले आज पनि उक्त रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको हो । 

आज सुन तोलाको २ हजार ४०० रुपैयाँ र चाँदी २९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामो ३ लाख १ हजार ४०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको