Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १३ : २४ मा प्रकाशित

भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागिआईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।

आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

 

अब कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले यसमा उच्च जोखिम रहेको संकेत गर्दछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको