नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने दाबी गरेका छन्। सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले आफू हालै सम्पन्न विशेष महाधिवेशनबाट मात्र सभापति चयन भएको स्मरण गराए।
उनले भने, ‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु। महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु।’
उनले आफू मधेशकै छोरा बनेर सर्लाही–४ मा आएको उल्लेख गरे। काठमाडौं–४ का मतदाताले आफूलाई त्यहीँबाट चुनाव लड्न आग्रह गरेको बताउँदै उनले आगामी निर्वाचनमा सर्लाही–४ का मतदाताले पनि त्यही आग्रह गर्ने अवस्था बनाउने दाबी गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस