Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, १४ : ५८ मा प्रकाशित

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

आयोगका अनुसार सार्वजनिक सेवाको पदमा रहँदा आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट उनकी श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरिएको पाइएको छ। प्रचलित कानुनअनुसार उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगको अनुसन्धानअनुसार आचार्य र उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ रहेको देखिन्छ। तर आय, खर्च तथा बैंक मौज्दातको मूल्यांकन गर्दा स्रोत नखुलेको ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्ति अस्वभाविक रूपमा बढी देखिन आएको आयोगको दाबी छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको