Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओली र बालेनलाई लक्षित गर्दै विश्वप्रकाशले भने - कोही भदौ २३ र कोही २४ वाला छन्, नेपाली कांग्रेस माघ १ वाला

अर्थ संसार

विहीबार, १५ माघ २०८२, १३ : ०५ मा प्रकाशित

केपी ओली र बालेनलाई लक्षित गर्दै विश्वप्रकाशले भने - कोही भदौ २३ र कोही २४ वाला छन्, नेपाली कांग्रेस माघ १ वाला

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासो व्याप्त रहेको बताएका छन्। कांग्रेस रामेछापको कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई रूपान्तरण गर्दै अघि बढेको दाबी गरे।

एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै शर्माले भने, ‘प्रधानमन्त्रीको उम्मेदवारहरू कसैले अहिले भदौ २३ को मात्रै कुरा गर्छन्, कसैले २४ को मात्रै कुरा गर्छ, नेपाली कांग्रेसका प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो। यी सारा विषयको रियलाइज गरेर क्षमा मागेर आफूलाई बदलेर पार्टीलाई जबरजस्ती ढङ्गले नयाँ युगमा लगेर, फेरि सबैलाई गाँसेर मैदानमा लिएर कांग्रेस गएको छ।’

उनले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको जिकिर गरे। साथै, कांग्रेस भएर शिर निहुराउनुपर्ने कुनै पनि काम नगरेको उनको भनाइ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको