नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेसमा अघिल्ला समयका राम्रा पक्षहरू सबै कायम रहे पनि नराम्रा पक्षहरू केही बाँकी नरहेको दाबी गरेका छन्। उनले शुक्रबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन्। हिजोका खराब कुरा मात्रै सबै छाडेको उनले बताए ।
सभापति थापाले भने,‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने भए हाम्रो स्वास्थ्य खराब हुन्थ्यो । हाम्रा भगवान्, मन्दिर, मस्जित खराब हुनुपर्ने । हाम्रा पितापुर्खा खराब हुनुपर्ने । बालबालिका मात्रै राम्रा हुनुपर्ने,त्यसो होइन । हामीलाई हाम्रो राम्रा कुराको इतिहाससँग गौरव छ । त्यो हाम्रो परम्परा हो, संस्कृति हो । हिजोका खराब कुरालाई मात्रै छाड्ने हो । नयाँ समयको नयाँ मागलाई हेर्ने हो । ’सभापति थापाले बताए
अहिलेको कांग्रेस त्यही कुरा मनन् गरेर आएको सभापति थापाले बताए । उनले भने ,‘यो कांग्रेससँग पाँच वर्षको योजना छ, सोच छ, देश बदल्ने । हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्याउँदैन।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस