नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको ५ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस