Like us!
Follow us!
Connect us!
Watch us!

तीन फर्मलाई ३० हजार जरिवाना, १० वटालाई सुधारात्मक निर्देशन

अर्थ संसार

सोमबार, १९ माघ २०८२, ११ : ३६ मा प्रकाशित

तीन फर्मलाई ३० हजार जरिवाना, १० वटालाई सुधारात्मक निर्देशन

नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले पोखरेल ट्रेडर्सलाई १५ हजार रुपैयाँ, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई १० हजार रुपैयाँ र ललितपुरस्थित शितल खाद्यान्न स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को ‘फा’ १५ बमोजिम आवश्यक कार्य नगरेको पाइएको भन्दै ती फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ।

त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अनुगमनका क्रममा अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ। स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा बजारलाई व्यवस्थित बनाउन तथा कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको