Like us!
Follow us!
Connect us!
Watch us!

अनुगमनमा कैफियत भेटिएपछि तीन फर्मलाई जरिवाना, १५ लाई निर्देशन

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १३ : ३९ मा प्रकाशित

अनुगमनमा कैफियत भेटिएपछि तीन फर्मलाई जरिवाना, १५ लाई निर्देशन

स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार  दशरथ ग्रोसरी प्रालि इमाडोललाई ५० हजार, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई १० हजार तथा महालक्ष्मी–५ टिकाथलीको ए एण्ड ए सपिङ सेन्टरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा कानुन विपरीत कारोबार भएको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। साथै, १५ वटा अन्य फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित बजार अनुगमन गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको