वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा अनियमितता फेला परेपछि दुई फर्मलाई नगद जरिवाना गरेको छ। बुधबार जारी विज्ञप्तिअनुसार, स्वयम्भूस्थित पिलग्रिम्स ग्रोसरी प्रालिलाई दुई लाख एक हजार रुपैयाँ र ललितपुरको भैँसेपाटीस्थित आरएस किराना तथा ग्यास पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।
यस्तै, अन्य १७ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। ती फर्ममाथि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारिएको छ।
विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस