कानुन विपरीत व्यापार सञ्चालन गरेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायिक फर्मलाई जरिवाना गरेको छ।
विभागको स्थलगत अनुगमनका क्रममा अनियमितता भेटिएपछि काठमाडौँ महानगरपालिका–सिनामंगलमा रहेको जमकटेल फर्मालाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको हो। त्यसैगरी, भक्तपुरको सल्लाघारीस्थित ख्वप हार्डवेयरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ। यी दुवै फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गरेको पुष्टि भएपछि कानुनी कारबाहीस्वरूप जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनकै क्रममा कैफियत देखिएका थप ११ वटा फर्मलाई भने तत्काल जरिवाना नगरी सुधार गर्न निर्देशन दिइएको छ। विभागले ती व्यवसायलाई आवश्यक कागजात मिलाउन, मूल्य सूची स्पष्ट रूपमा राख्न र वस्तुको गुणस्तर कायम गर्न आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस