Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपको ‘वाम अप’ खेलमा नेपाल र यूएईको भिड्दै

अर्थ संसार

मंगलबार, २० माघ २०८२, ०८ : ०० मा प्रकाशित

विश्वकपको ‘वाम अप’ खेलमा नेपाल र यूएईको भिड्दै

नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । 

विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । उक्त खेल पनि चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछन् । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । 

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ । नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ । यो नेपालको तेस्रो विश्वकप यात्रा हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको