Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १० : ०० मा प्रकाशित

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बसेको बैंक सञ्चालक समिति बैठकमा राजीनामा बुझाएका हुन् । 

बैंकका अनुसार पूर्वअध्यक्ष देवीप्रसाद भट्टचन र उनका साझेदार कुसुम लामासँग सम्बन्धित लेनदेन विषयमा प्रहरीले अनुसन्धान थालेपछि उक्त अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले शेरचनले पद त्यागेका हुन् ।

राजीनामापछि शेरचनले बैंकको बोर्ड र व्यवस्थापनलाई सम्बोधन गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । उनले सम्पूर्ण कर्मचारीलाई एकता, धैर्य र आत्मबलका साथ जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन् । बैंकबाट बाहिर रहे पनि संस्थाप्रति आफ्नो सहयोग निरन्तर रहने उनले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको